२५ चैत , काठमाडौं । गत शुक्रवारको कान्तिपुर दैनिकको सम्पादकीयमा ” अर्थमन्त्रीको अनुचित कदम” लेख पढेर केही लेख्न मन लाग्यो । अहिले नेपालको अर्थतन्त्र उसै त टाट पल्टिदै छ भनेर विभिन्न पत्रपत्रिका तथा संचार माध्यममा पढ्न र सुन्न पाइन्छ । अर्थतन्त्रको सोधनान्तर घाटा हेर्ने हो भने गत श्रावणमा ३८.७५, भाद्रमा ८३.४१, आश्विनमा ७६.१३, कार्तिकमा १५०.३८, मङ्सीरमा १९५.०१, पुषमा २४१.२३ , माघमा २४७.०३ र फागुनमा २५० पुगेको एक अध्ययनले देखाएको छ ।
अर्थमन्त्री स्वयंमले बिदेशी बिलासीता बस्तुको अनावश्यक आयात रोकौं, फजुल खर्च नगरौं, रेमिट्यान्स बढाउँ, बिदेशी मुद्रा संचितीमा जोड दिउँ भन्दै मजबुत अर्थतन्त्र बनाउनेवारे बक्तब्य दिदै गर्दा अमेरिकाबाट एक शंकास्पद ब्यपारीका नाममा आएको करोडौं अवैध रकम छुटाउनको लागि अनुसन्धान निकाएलाई पत्र लेखेर रोक्न खोज्नु अर्थमन्त्री पदको हैसियतले गैरजिम्मेवारीको पराकाष्ठा बाहेक अरु के हुन सक्छ ! एकातिर फिनसेन, रास्ट्र बैंक र सम्पति शुद्दीकरण अनुसन्धान विभागले त्यसमाथि छानविन गरिरहेको अवस्थामा छ भने अर्कोतिर देशको महत्वपूर्ण पदमा बस्ने जिम्मेवार ब्यक्तिले यस्तो फाइनान्सियल क्राइसीस भइरहेको अवस्थामा त्यस्तो हर्कत गर्दा के हामी जनताले लाजको घुम्टो ओढ्नुपर्ने ? एक त अर्थमन्त्री स्वयमं आफैले गत भदौ २५ मा ल्याएको बजेटसँग सबन्धित आर्थिक ऐनमा लगानीकर्ताले २०८० सम्म लगानी गरे आयश्रोत नखोजिने ब्यबस्था गरेकाले पनि ” दालमा कुछ काला है” भन्ने उखान चरितार्थ भएको देखिन्छ ।
हाम्रा अर्थमन्त्रीलाई देशको अर्थतन्त्र सुधार्नतिर मतलव छैन तर यस्ता शंकास्पद आयश्रोतवारे भने अग्रसरता लिनुले आसन्न स्थानीय निर्वाचनमा जनताको घरदैलोमा देशको आर्थिक गतिबिधि र बिकासवारे जवाफ के देलान ?
(खिमराज गिरी)







