Comments Add Comment

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय व्यापार : २४ वटा सीमा भन्सार नाकामध्ये १० वटाबाट निर्यात शून्य

२५ चैत , काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय व्यापारको लागि खुला गरेको २४ वटा सीमा भन्सार नाकामध्ये १० वटाबाट निर्यात शून्य रहेको पाइएको छ ।

आयत भने २४ वटै नाकाबाट निर्वाध रूपमा चलिरहेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को सुरुवाती आठ महिनामा १० वटा नाकाबाट निर्यात शून्य रहेको छ ।

भद्रपुर, गौर, जनकपुर, महेशपुर, राजविराज, रसुवा, सर्लाही, सुनसरी, तातोपानी र टाँडी सीमा भन्सार नाकाबाट पछिल्लो आठ महिनामा कुनै पनि वस्तु निर्यात हुन सकेको छैन । सोही अवधिमा ती नाकाबाट नेपालमा ३९ अर्ब ८४ करोड १५ लाख ४३ हजार रुपैयाँको वस्तु भित्रिएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको सुरुवाती आठ महिनामा नेपालले १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपैयौको वस्तु आयात गरेको छ । सोही अवधिमा १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु नेपालले निर्यात गरेको छ ।

नेपालले भद्रपुर, भैरहवा, विराटनगर, विरगन्ज, ड्राइपोर्ट, गौर, जलेश्वर, जनकपुर, कैलाली, कञ्चनपुर, कृष्णनगर, महेशपुर, मेची, नेपालगन्ज, राजविराज, रसुवा, सर्लाही, सती, सिराहा, सुनसरी, सुथौली, तातोपानी, टाँडी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गरी २४ वटा सीमा भन्सार नाकाबाट अन्तर्राष्ट्रिय व्यापार गर्दै आएको छ ।

चीनसँग सीमा जोडिएका दुवै नाका रसुवागढी र तातोपानीबाट निर्यात शून्य रहेको छ ।

नेपालका २४ मध्ये सबैभन्दा ठूलो वैदेशिक व्यापार वीरगन्ज नाकाबाट हुने गरेको भन्सार विभागले जनाएको छ ।

विभागको तथ्याङ्क अनुसार पछिल्लो सात महिनामा वीरगन्ज नाकाबाट ४ खर्ब ६३ अर्ब ३४ करोड ७२ लाख ७ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ । सोही समयमा विरगन्ज नाकाबाट ६६ अर्ब ३६ करोड २ लाख ८३ हजार रुपैयाँको वस्तु नेपालले निर्यात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै