Comments Add Comment

Advertisment

SKIP THIS

उदयपुरबाट मलद्वारमा लुकाएर ल्याएको लागुऔषधसहित पाँचजना पक्राउ

१६ असोज , काठमाडौ । उदयपुरको चौदण्डीगढी नगरपालिका –६ बेलटारबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले सोमवार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चौदण्डीगढी नरपालिका– ६ का विनोद राई, विदुर राई, विशाल राई, मनोज राई र प्रवेश चौहान छन् ।

उनीहरूले उक्त लागुऔषध मलद्वारमा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उनीहरूको साथबाट फेनारागन १४ एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाइजेपाम ६, लेबल नभएको ९ एम्पुल गरी ३५ एम्पुल बरामद गरिएको छ ।

उनीहरूलाई १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहको उदयपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment