Comments Add Comment

Advertisment

SKIP THIS

धरानबाट लागुऔषध सहित एक जना पक्राउ

२१ मंसिर, काठमाडौ । सुनसरीको धरानबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । धरान-१३ का २७ बर्षिय मिलन तामाङलाइ प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।

मंगलबार बिहान  ६ बजे वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा तामाङको साथबाट डाईजेपाम ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, एभिल ८ एम्पुल, नाईट्रोजोपाम ५० ट्रयाब्लेट र स्पास्मो प्रोक्सिभन १८ ट्याब्लेट बरामद गरेको छ ।

तामाङलाई पक्राउ गरी थप अनुसन्धान गरिहरेको ईलाका प्रहरी कार्यालय धरानले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment