Comments Add Comment

Advertisment

SKIP THIS

नेपालमा समाजवादी क्रान्तिको आवश्यकता : नेता खनाल

२६ चैत , काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले ‘सुखी नेपाली समृद्ध नेपाल’को चाहना जबजबाट मात्र प्राप्त नहुने बताएका छन् ।

शनिबार पार्टीको जिल्ला कमिटीले भृकुटीमण्डपमा आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘सुखी नेपाली समृद्ध नेपाल’को चाहना जबजबाट मात्र प्राप्त हुँदैन । पुँजीवादी जनवाद व्यवस्थाबाट मात्र प्राप्त हुँदैन । त्यसको एकमात्र भविष्य हो–समाजवाद ।’ नेता खनालले समाजवादको बाटोबिना कुनै पनि देशको समृद्ध हुन नसक्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रले अझै गाँस, बास र कपासको ग्यारेन्टी नगरेको समेत बताए ।

‘हामीले २०६२/०६३ को आन्दोलनबाट लोकतन्त्रको स्थापना ग¥यौँ, गणतन्त्र स्थापना ग¥यौँ’ नेता खनालले भने, ‘तर गणतन्त्रले अझै गाँस बास र कपासको ग्यारेन्टी गरेको छैन,’ उनले भने, ‘हामीलाई यसको ग्यारेन्टी गर्ने भनेको समाजवादी लोकतन्त्र हो ।’ उनले अब नेपालमा समाजवादी क्रान्तिको आवश्यकता रहेको बताए ।

‘जनवादी क्रान्ति हामीले सम्पन्न ग¥यौ । अब दोस्रो समाजवादी क्रान्तिको चरणमा जाँदैछौँ’ नेता खनालले भने, ‘यही क्रान्तिबाट हाम्रो देशको विशेषता र वास्तविकता अनुरूपको समाजवाद जुन समाजवादले मान्छेले मान्छेलाई गर्ने शोषण अन्त्य गर्नेछ ।’ उनले आफ्नो सम्बोधनको अन्त्यमा आगामी स्थानीय निर्वाचनमा कलम चिन्ह्मा मतदान गर्न समेत नागरिकसँग् आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै