Comments Add Comment

Advertisment

SKIP THIS

पैसा नभएको ८० लाखको चेक दिएर फरार भएकी महिला पक्राउ

२७ चैत , काठमाडौं । बैंकिङ कसूरका फरार प्रतिवादी काभ्रेपलाञ्चोक पनौती नगरपालिका-८ बस्ने ४० वर्षीया लक्ष्मी कार्कीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानी जानी पीडितलाई ८० लाख रूपैयाँको चेक काटी दिई फरार भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको सहयोगमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका-८ बाट पक्राउ गरेको हो ।

उनी उपर उच्च अदालत पाटन ललितपुरबाट ७ दिन म्याद अनुमति लिई महानगरीय प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै