Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीको एक्सनः अवैध उत्खनन् गर्ने टिपर, जेसीबी र चालक नियन्त्रणमा

३१ असार , काठमाडौं । महोत्तरीस्थित बर्दिबासको इलाका प्रहरी कार्यालय उत्खनन् विरुद्ध कडा रुपमा उत्रिएको छ । पछिल्लो समय प्रहरीले रातु नदी र तटिय क्षेत्रमा अवैध उत्तखनन गर्ने जेसीवी तथा टिपरहरु धमाधम नियन्त्रणमा लिइरहेको छ ।प्रहरी र व्यवसायीहरुको मिलोमतोमा अवैध उत्खनन् बढिरहेको आरोप लागिरहेको बेला प्रहरी नायव उपरीक्षक रवि रावलको नेतृत्वमा अवैध उत्खनन् गर्नेमाथि कारबाही थालिएको हो । बर्दिबास-७ वाट ना १ क ८३५२ र ना १ क ७३७३ नम्बरका दुई वटा टिपर र बा २ क ८३३५ नम्वरको जेसीविलाई प्रहरीले नियन्त्रण लिएको छ ।

हनुमानचोकस्थित धनसिंह क्यापछाकीको जग्गामा अवैध उत्खनन् गरिरहेका सवारीलाई चालकसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय वर्दिबासले जनाएको छ ।चालक, टिपर र जेसिवी मालिकलाई थप कारवाहीको लागी जिल्ला समन्वय समिति जलेश्वर पठाइएको प्रहरी नायव उपरीक्षक रावलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै