Comments Add Comment

Advertisment

SKIP THIS

मकवानपुर ट्राफिक प्रहरीद्वारा मोटरसाइकल चालकलाई शुभयात्रा अभियान सञ्चालन

मकवानपुर: सवारी दुर्घटना कम गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर मोटरसाइकल चालकलाई शुभयात्रा अभियान सुरु गरेको छ ।

जिल्लामा भएका दुर्घटनामा अत्यधिक सङ्ख्यामा मोटरसाइकल पर्ने गरेकाले मोटरसाइकल चालकलाई सुरक्षित यात्रा गर्न उत्तप्रेरित गर्ने उद्देश्यले अभियान सुरु गरिएको मकवानपुर जिल्ला ट्राफिक प्रहरी प्रमुख केशव अधिकारीले बताए ।

उक्त अभियानका क्रममा ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाइ ‘शुभ–यात्रा मात्रै नभनी नमस्कार, आरामै , पछिल्लो समयमा मोटरसाइकल दुर्घटनाको सङ्ख्या बढी भएका कारण उक्त दुर्घटना न्यूनीकरणका लागि हामीले तपाईंहरूलाई सुरक्षित यात्राको कामना गर्दै तपाईंहरुको विवरण समेत राख्छौ, कृपया बिस्तारै चलाउनुस्, हेलमेट लगाउनुस्, नशालु पदार्थको सेवन गरेर सवारी नचलाउनु होला, जीवन अमूल्य छ, शुभयात्रा’ जस्ता शब्दहरु भन्ने गर्दछन् ।

इन्सपेक्टर केशव अधिकारीका अनुसार जिल्लामा हुने सवारी दुर्घटनामा मोटरसाइकलको संलग्नता धेरै रहेकोले यो अभियान सञ्चालन गरिएको हो। अभियानको उद्देश्य मोटरसाइकल चालकलाई सुरक्षित यात्रा गर्न प्रोत्साहित गर्नु हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै