Comments Add Comment

Advertisment

SKIP THIS

पाँच लाख रुपैयाँ घुससहित मालपोतका प्रमुख पक्राउ

२८ चैत , काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसबापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ ।

आयोगकाे बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधाम भानु चाेकमा रहेकाे एक चिया पसलबाट घुसबापत सेवाग्रहीसँग लिएको पाँच लाख रुपैयाँसहित प्रमुख झालाई पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा खटिएको टोलीले घुस रकमसहित प्रमुख झालाई पक्राउ गरेको हाे । झामाथि थप अनुसन्धान भइरहेको आयोग बर्दिवासका प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै