Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल लगातार दोस्रो खेलमा पराजित

२८ चैत , काठमाडौं । एएफसी फुटसल एसियन कपको छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । किर्गिजस्तानको राजधानी बिश्खेकमा सोमबार बिहान भएको खेलमा ताजिकिस्तानले नेपाललाई ११–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफमा आदिल हामिदको गोलबाट नेपालले अग्रता लिए पनि लज्जास्पद हारबाट जोगाउन सकेनन् ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा नेपाल पराजित भयो । यस पराजयसँगै नेपाल नेपाल समुह चरणबाट बाहिरिएको छ ।

छनोटअन्तर्गत नेपाल उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानसँगै सेन्ट्रल एण्ड साउथ जोन समुह बीमा रहेको छ । नेपालले मंगलबार सानत्वना ना जितको लागि अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

आइतबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ को गोल अन्तरले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै