Comments Add Comment

Advertisment

SKIP THIS

सोलुखुम्बु प्रहरीद्वारा लेक लागि अचेत अवस्थामा रहेकी महिलाको सकुशल उद्दार

सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका १ स्थितमा रहेको प्रसिद्ध धार्मिक स्थल ठुलो दुधकुण्ड को दर्शनार्थ आएका एक भक्तजन प्रहरीद्वारा उद्दार गरिएको छ ।

गत २६ गते दर्शनको लागि गएकी युवती ४६०० मि. उचाईमा रहेको दुधकुण्ड नजिकै लेक लागि अचेत अवस्थामा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले फेला पारेको थियो ।       

अचेत अवस्थामा रहेकी ति युवतीको महिला प्रहरीले बोकेर दुधकुण्ड बेश क्याम्प तर्फ प्राथमिक उपचारको लागि लगिएको हो । काठमाडौं घर भएकी ति युवती उपचार पश्चात सामान्य भएर घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी सुनिल जंग शाहीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै