Comments Add Comment

Advertisment

SKIP THIS

गोदावरीमा जुवाखालबाट ११ जना पक्राउ

०१ बैशाख , काठमाडौं । गोदावरी नगरपालिका-१४ ठैव बस्ने राजेश महर्जनको घरमा तास खेलिरहेको अवस्थामा राजेश लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ४३ हजार ६ सय ९० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment