Comments Add Comment

Advertisment

SKIP THIS

चितुवाको छाला बेच्न १० लाखमा ‘डिल’

३ वैशाख , काठमाडौ । काठमाडौंको नयाँ बसपार्कबाट प्रहरीले चितुवाको छालासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको गुर्जुधारा बस्ने २३ वर्षीय अर्जुन थिङ, मकवानपुर घर भएका २४ वर्षीय कालदेन वाइवा र खोटाङ घर भएका ४६ वर्षीय दिलबहादुर तामाङ छन् ।

आरोपीहरुको साथबाट एकथान चितुवाको छाला बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । आरोपीहरुले चितुवाको छाला बेच्न १० लाखमा ‘डिल’ गरेका थिए । बसपार्कमा सो छाला बेच्न गएको बेला पक्राउ गरिएको एसपी मैनालीले बताए ।

दुर्लभ वन्यजन्तुको छला कारोबार गर्नेहरुको अनुसन्धान र कारवाही वन कार्यालयले गर्ने कानुनी व्यवस्था छ । परिसर काठमाडौंले आरोपीहरुलाई कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसारमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै