Comments Add Comment

Advertisment

SKIP THIS

निर्वाचन परिचालनका लागि एमालेबाट उपत्यकाका संयोजकहरू तोकिए

०३ बैशाख , काठमाडौं । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले स्थानीय तहको निर्वाचन परिचालनका लागि उपत्यकाका तीन जिल्लाका लागि संयोजक तोकेको छ ।

आज बसेकाे बैठकले काठमाडौँका लागि कमिटीका उपाध्यक्ष विदुर कार्की, ललितपुरमा उपसचिव चन्द्र रिजाल र भक्तपुरमा उपसचिव उर्मिला सुनुवारलाई संयोजक ताेकेको हो ।

बैठकले विशेष प्रदेश मातहतका मजदुर विशेष जिल्ला कमिटी, पेसागत विशेष जिल्ला कमिटी, युवा विद्यार्थी विशेष जिल्ला कमिटी र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी, इलाका र शाखालाई परिचालन गर्ने निर्णय गरेको छ ।

उपत्यकामा रहेका विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरू यी जिल्ला कमिटी र अन्तर्गत कमिटीहरूमा सङ्गठित छन् ।

प्राध्यापक, कानुन व्यवसायी, चिकित्सक तथा स्वास्थ्यकर्मी, पत्रकार, विभिन्न निकाय तथा सङ्घसंस्थामा कार्यरत कर्मचारीहरू, मजदुर, विद्यार्थी, युवा यिनै विशेष कमिटीअन्तर्गत सङ्गठित छन् ।

बैठकमा पार्टीका पोलिटव्यूराे सदस्य तथा कमिटीका इन्चार्ज सुजिता शाक्यले आसन्न स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक आ–आफ्नो बसोबास रहेको स्थानमा खट्न सबैलाई निर्देशन दिइन् ।

बैठकमा कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली, उपत्यका कमिटीका सहइन्चार्ज वीना श्रेष्ठलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै