Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकलमा सल बेरिँदा एक युवतीको मृत्यु

०७ बैशाख , काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका–७ बजरंगबलीमा मंगलबार बेलुकी मोटरसाइकलको चक्कामा आफैँले लगाएको सल बेरिँदा लडेर एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–८ की २१ बर्सिया रेश्मा नेपाली रहेकी छन् ।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो बेलुकी पौने ७ बजे को ३८ प २२ ०३ नम्बरको मोटरसाइकलको पछाडि सवार उनले लगाएको लेहेङगाको सल मोटरसाइकलको चक्कामा बेरिँदा उनी मोटरसाइकलबाट लडेकी थिइन् ।

मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय हरैचाले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment