Comments Add Comment

Advertisment

SKIP THIS

माओवादीबाट कोहलपुर मेयरमा नरेन्द्र न्यौपाने सिफारिस

०७ बैशाख , काठमाडौं । नेकपा माओवादी केन्द्रबाट कोहलपुर मेयरमा नरेन्द्र न्यौपानेको नाम सिफारिस भएको छ । नगर कमिटीको बैठकले न्यौपानेको नाम सिफारिस गरेको हो । यस्तै नगरको उपाध्यक्षमा सर्वसम्मत नभएपछि चार जनाको नाम सिफारिस भएको हो । उपाध्यक्षमा रेणुका खड्का, सावित्रा पुन, कौशिला कार्की र विष्णु चौधरीको नाम सिफारिस भएको हो ।

२०७४ सालको निर्वाचनमा न्यौपानेले एमालेबाट उम्मेदवार भएका लुटबहादुर राउतसँग पराजित भएका थिए । त्यतिबेला मेयरमा राउत र उप मेयरमा काँग्रेसकी सन्जुकुमारी चौधरी निर्वाचित भएकी थिइन् । सत्ता गठबन्धनसँग चुनावी तालमेल नभएपछि माओवादीले एकल रुपमा न्यौपानेको मात्रै नाम सिफारिस गरेको हो ।

तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष भएका न्यौपाने कोहलपुरमा पार्टी राजनीतिमा सक्रिय छन् । यस्तै नगरका १३ वडाका अध्यक्ष र सदस्यहरुको समेत नाम सिफारिस भएको न्यौपानेले बताए । ‘अहिले मेयरमा मेरो नाम सिफारिस भएको छ । उप मेयरमा चार जनाको नाम सिफारिस भएको छ’ न्यौपानेले भने,‘मेयर उपमेयर दुबै एकल रुपमा माओवादी लड्ने तयारी छ । यदि जिल्ला र प्रदेशबाट दबाब आएमा उप मेयरमा चुनावी तालमेल हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै