Comments Add Comment

Advertisment

SKIP THIS

एमालेको घोषणापत्र- प्रतिनिधि सभा विघटनको बचाउ

०९ बैशाख , काठमाडौं । नेकपा एमालेले शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुई पटक गरेको प्रतिनिधि सभा विघटनको बचाउ गरेको छ ।

एमालेले घोषणापत्रमा सर्वोच्च अदालत, प्रतिनिधि सभा विघटन, न्यायाधीशहरुको आन्दोलन र कानुन व्यवसायीको आन्दोलनमाथि आलोचनात्मक टिप्पणी गर्दै प्रतिनिधि सभा विघटनको बचाउ गरिएको छ ।

एमालेले फागुन १ गते सत्ता गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गरेपछि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पक्षमा घोषणापत्रमा बोलेको छ ।

एमालेको घोषणापत्रमा सहकर्मी न्यायाधीशहरूको ४० दिनसम्म र नेपाल बारले एक सय दिनभन्दा लामो समय आन्दोलन गरेपछि महाभियोग लागेका राणामाथि सत्ता गठबन्धनले राजनीतिक प्रतिशोधका आधारमा महाभियोग दर्ता गरेको भनेको छ ।

‘भनेजस्तो नभएमा राजनीतिक प्रतिशोधका आधारमा महाअभियोग लगाएर अलपत्र पार्ने श्रृंखला चलेको छ’, घोषणापत्रमा भनिएको छ ‘यसैको पछिल्लो कडीका रुपमा प्रधानन्यायाधीशलाई महाअभियोग अस्त्र प्रयोग गरेर निलम्बित गर्ने तर त्यसलाई कुनै निष्कर्षमा पुग्न नदिने कुटिल चाल चालिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै