Comments Add Comment

Advertisment

SKIP THIS

सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार घोषणा

१० वैशाख , काठमाडौ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले शनिवार कार्यालय परिसरमा आफ्नो १२ औँ वार्षिकोत्सव एक समारोह आयोजना गरी मनाएको छ ।

प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार –२०७८ बाट सम्मानित हुनुहुने सङ्गीत तथा नाट्य क्षेत्रका ६ जना स्रष्टा तथा कलाकारहरुको नामावली सार्वजनिक गरिएको हो ।

सङ्गीत विधामा वरिष्ठ सङ्गीतकर्मी मोहन कृष्ण कार्की ढली, नृत्य विधामा वरिष्ठ नृत्य निर्देशक विणा जोशी राजभण्डारी, नाटक विधामा वरिष्ठ नाटककार मनबहादुर मुखिया, लोक सङ्गीत विधामा वरिष्ठ लोक गायक अमर विरही गुरुङ, रङ्गमञ्च विधामा वरिष्ठ रङ्गकर्मी ऋद्धि चरण श्रेष्ठ तथा शास्त्रीय तथा परम्परागत सङ्गीत विधामा वरिष्ठ जलतरङ्ग वादक मोहन प्रसाद जोशी गरी ६ जना स्रष्टा सर्जकहरुलाई पुरस्कारका लागि मनोनयन गरिएको प्रतिष्ठानका सदस्य सचिव श्याम प्रकाश तमोटले जानकारी गराए । कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति नारायणभक्त श्रेष्ठले आफूहरु सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान अरु प्राज्ञ प्रतिष्ठानभन्दा पूर्वाधारको दृष्टिले कलिलो भएपनि यसलाई हर दृष्टिले सम्पन्न बनाउन लागि परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै