वैशाख ११,काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्दै छ । पार्टी कार्यालय सानेपामा घोषणा पत्र सार्वजनिक गर्ने तयारी भए पनि समय भने निश्चित भइसकेको छैन ।पार्टीको घोषणापत्र बनाउन कांग्रेसले महामन्त्री गगन थापा संयोजक रहेको घोषणापत्र तयारी समिति बनाएको थियो । समितिका एक सदस्यले घोषणापत्र तयारीको सबै काम सकिएको भन्दै आज त्यसलाई सार्वजनिक गर्ने बताए ।कांग्रेसले घोषणा पत्रमार्फत् जनतालाई अनावश्यक सपना नबाँड्ने भनेको छ । घोषणापत्रमा समेट्ने विषयवस्तुबारे विभिन्न विज्ञहरुसँग कांग्रेसले राय सुझाव लिएको थियो ।कांग्रेसले महानगरपालिकाहरुमा उम्मेदवारहरु टुंगो लगाउन आजै कार्य सम्पादन समितिको बैठकसमेत बोलाएको छ ।
कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
२
महालेखा प्रतिवेदन : तारकेश्वर नगरपालिकामा वित्तीय व्यवस्थापन सुधार गर्नुपर्ने सुझाव
२०८३ असार १७ गते , बुधबार
३
तारकेश्वरका पत्रकारको संयुक्त खबरदारी : ‘प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप स्वीकार्य छैन’
२०८३ असार १२ गते , शुक्रबार
५
६
“द अनकाउन्टेड युथ्स”द्वारा तारकेश्वर–१ मा हरियाली अभियान : सरसफाइ र वृक्षारोपण सम्पन्न
२०८३ जेठ ३ गते , आइतबार
सम्बन्धित खवर
Advertisment


