Comments Add Comment

Advertisment

SKIP THIS

माइक टाइसनले विमानभित्र एक यात्रुलाई मुक्कै मुक्का हानेपछि…

११ बैशाख , काठमाडौं । पूर्व हेभिवेट बक्सर माइक टाइसनले विमानभित्र एक यात्रुलाई मुक्कै मुक्का हानेका छन् । आफूमाथि पानीको बोतल फालेपछि टाइसनले ती यात्रुलाई मुक्का प्रहार गरेको उनका प्रवक्ताले दाबी गरेका छन् ।

घटनाका दौरान विमानमा खिचिएको एउटा भिडियोमा टाइसनले एकजना अज्ञात व्यक्तिलाई बारम्बार मुक्का प्रहार गरेको देखिन्छ । त्यस्तै, आफ्नो सिटमा उनी टाउको झुकाएको पनि देखिन्छन् ।

टाइसनको ‘एक आक्रामक यात्रुसँग विवाद’ भएको र ती यात्रुले टाइसनलाई ‘दुर्व्यवहार’ गरेको उनको प्रवक्ताले जनाएका छन् । प्रहरी परिचालन गरी दुबै जनालाई केही समय नियन्त्रणमा लिइएको थियो ।

एकजनालाई क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्को शहरमा उपचार भइरहेको बीबीसीले जनाएको छ ।

घटनाबारे विस्तृत विवरण नदिइएको र प्रहरी अनुसन्धानलाई सहयोग नगरेको सान फ्रान्सिस्को प्रहरी विभागका प्रवक्ताले बताएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै