Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीद्वारा ३ लाख भारतीय रुपैयाँ बरामद

१२ बैशाख , काठमाडौं । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका-९ झारखोरस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले ३ लाख ५ हजार ६ सय ४० भारतीय रुपैयाँ बरामद गरेको छ ।

बी.आर.०५ प ४४५९ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्ति सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा बेश झारखोरबाट गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै निजले बोकेको ब्रिफकेस तथा उक्त मोटरसाइकल सोही ठाउँमा छाडी फरार भएपछि सो ब्रिफकेसमा जाँच गर्दा उल्लेखित रुपैयाँ फेला परेको हो ।

बरामद रुपैयाँ तथा मोटरसाईकल राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै