Comments Add Comment

डीआईजी नल प्रसाद उपाध्याय लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्दै

प्रहरी नायब महानिरीक्षक (डीआईजी) नल प्रसाद उपाध्यायले लुम्बिनी प्रदेश प्रहरी दाङको प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

हिजो देखि लुम्बिनी प्रदेश दाङको प्रहरी प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले आफ्नो पदभार ग्रहण गरेका हुन । नेपाल सरकार, गृह मन्त्रालयको मिति २०७९ वैशाख ०९ गतेको निर्णय अनुसार प्रहरी नायव महानिरीक्षक उपाध्यायको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा दाङमा सरुवा भएको थियो । तत्कालिन लुम्बिनी प्रदेश प्रहरी दाङका डीआईजी प्रकाश अधिकारीको सरुवा गरेर उनको ठाउँमा नल प्रसाद उपाध्यायलाई पदस्थापन गरिएको थियो ।

डीआईजी नल प्रउपाध्यायले लुम्बिनी प्रहरी प्रदेश कार्यालय दाङमा पुगेर सोमबारदेखि नै प्रदेश प्रहरीको कमाण्ड सम्हालेकी हुन् । डीआईजी उपाध्यायलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा प्रहरी वरिष्ठ उपरीक्षक,प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षक लगायतका प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै