Comments Add Comment

Advertisment

SKIP THIS

२ किलो सुनसहित विमानस्थलबाट ५ जना पक्राउ

१६ वैशाख , काठमाडौ । लुकाई छिपाई अवैध रुपमा लैजान लागेको २ किलो ३ सय ३२ ग्राम सुन सहित ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पाँचथर याङवरक गाउँपालिका-४ स्थायी वतन भएका २८ वर्षीय भिम कुमार माबो, नुवाकोट तादी गाउँपालिका-५ स्थायी वतन भएका २७ वर्षीय सुमन तामाङ, उदयपुर लिम्चुङबुङ गाउँपालिका-२ स्थायी वतन भएका २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका-२ स्थायी वतन भएका ट्याक्सी चालक ४१ वर्षीय हेम बहादुर थापा र सप्तरी सुरुङ्गा नगरपालिका-४ स्थायी वतन भएका ३६ वर्षीय ताराकान्त चौधरी रहेका छन् ।

दुबईबाट काठमाडौं आएको हिमालय एयरको बिमानभित्र सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रालि मार्फत सरसफाई गर्न खटिएका भिम कुमारले विमानको शौचालयभित्रबाट फोहरसँगै सुनको विस्कुटहरु बाहिर ल्याई उनीसँगै काम गर्ने सुमनसँग बाँडेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कने क्रममा भिम कुमारको पर्सभित्र १० थान र सुमनको पर्सभित्र १० थान गरी उक्त तौल बराबरको सुन बरामद भएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले राजेशले भने बमोजिम उक्त कार्य गरेको खुल्न आएपछि राजेशलाई समेत विमानस्थलको आन्तरिक पार्किङ एरियाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । साथै राजेशलाई दुबईमा बस्ने रमेश उप्रेती भन्ने व्यक्तिले सुन पठाउने गरेको र उक्त सुन राजेशले भिम कुमार मार्फत संकलन गरी ट्याक्सी चालक हेम बहादुरलाई जिम्मा लगाउने गरेको खुल्न आएपछि हेम बहादुरलाई समेत विमानस्थल नजिकबाट प्रहरीले पक्राउ गरेको हो । हेम बहादुरले उक्त सुन राजेशबाट लिएर रमेश उप्रेतीले भने बमोजिमको हुलिया भएको व्यक्तिलाई बुझाउने गरेको र सो बापत उनीहरूले केही रकम पाउँदै आएको खुल्न आएको छ ।

साथै, सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रालि मार्फत विमानभित्र सरसफाई गर्नेरगराउने भनी सुपरभाईजरको रुपमा खटिएका ताराकान्त चौधरीको समेत मिलेमतोमा भिम कुमार र सुमनले अनुकूल वातावरण मिलाई गैह्रकानूनी रुपमा सुन चोरी पैठारी गर्दै आएको खुल्न आएको छ ।

उनीहरूलाई बरामद सुन सहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment