Comments Add Comment

Advertisment

SKIP THIS

पोखरा महानगरपालिकामा मेयरका बागी उम्मेदवारलाई लालटिन चिह्न

१७ बैशाख , काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेद्वारी दिएका विमलबहादुर कार्कीलाई लालटिन चिह्न दिइएको छ ।

कांग्रेस नेतासमेत रहेका कार्कीले गठबन्धनको विरोध गर्दै स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । उनलाई उम्मेद्वारी फिर्ताका लागि पटक पटक अनुरोध गर्दा पनि फिर्ता नलिएको भन्दै कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ ।

गठबन्धनको विरोधमा कांग्रेसकै अन्य दुई नेताले पनि उम्मेद्वारी दिएका थिए । नन्दप्रसाद तिवारी र ऋषिराम सापकोटाले भने शुक्रबार नै उम्मेद्वारी फिर्ता लिएका छन् ।

यस्तै, अटेरी अभियानको सुरुवात गर्ने पोखराका अटेरी उम्मेदवारहरूलाई लौरो चिन्ह दिइएको छ । मेयरदेखि वडाध्यक्षसम्मका उम्मेदवारले अव लौरोबाट भोट माग्न पाउनेछन् । पोखरामा मेयरका लागि २३ र उपमेयरमा ८ जनाको प्रतिस्पर्धा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै