१८ वैशाख , काठमाडौ । सुनापाती गाउँपालिका रामेछाप जिल्लाको पश्चिमी क्षेत्र काभ्रे जिल्लाको सिमानासम्म फैलिएको पालिका हो । साँच्चिकै भन्नुपर्दा, यो पालिका वामपन्थी आधारभूमि क्षेत्र हो । वामपन्थीमा पनि माओवादी र तत्कालीन संयुक्त जनमोर्चा (हाल माओवादी) को पकड भएको क्षेत्र हो ।
यो गाउँपालिकामा जम्मा ५ वडाहरु छन् । गत २०७४ सालको स्थानीय निर्वाचनमा यो गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ४ वडा नेकपा (माओवादी केन्द्र) ले जितेको थियो भने एउटा वडा ९वडा नम्बर ४० मा माओवादी केन्द्रकै बागी उम्मेदवार बनेका खड्गबहादुर घिसिङले चुनाव जितेका थिए ।
२०७४ मा यस सुनापाती
गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (एमाले)ले कुनै पनि वडा जित्न सफल भएनन् । वडा मात्रै नभएर यो पालिकामा कांग्रेस र एमालेले कुनै पनि वडा सदस्यसम्म पनि आफ्नो नाममा पार्न सकेनन् ।
२०७४ को नतिजा
स्थानीय निर्वाचन २०७४ मा सुनापाती गाउँपालिकामा माओवादी केन्द्रका धावा लामा ४ हजार ७ सय ३६ मत ल्याई पालिका अध्यक्षमा जित हासिल गरेका थिए । सो निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका जितेन्द्र कुमार मोक्तानले ३ हजार ९ सय ६६ मत प्राप्त गरि दोस्रो र एमालेका प्रदीप कुमार योञ्जन १ हजार २ सय १ मत ल्याई तेस्रो भएका थिए ।
त्यसैगरि उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार गिता बिष्ट ४ हजार ८ सय २२ मत ल्याई निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार बिनिता खड्का ३ हजार ७ सय ३३ मत ल्याई दोस्रो र एमालेका उम्मेदवार पासाङ डोल्मा लामा १ हजार १ सय ९९ मत प्राप्त गरि तेस्रो भएका दिए ।
वडाको अवस्था
२०७४ को स्थानीय निर्वाचनमा सुनापाती गाउँपालिकाको पाँचमध्ये ४ वडा माओवादी केन्द्रका उम्मेदवारले जितेका थिए । वडा नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार चन्देश्वर चौलागाईं १ हजार ३४ मत ल्याई बिजय हुँदा कांग्रेस उम्मेदवार चन्द्रबहादुर लामा ६ सय ८३ मत ल्याई दोस्रो र एमाले उमेदवार गोविन्द प्रसाद चौलागाईं १ सय ५७ मत प्राप्त गरि तेस्रो भएका थिए ।
यस्तै वडा नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार कमल केसी ९ सय ३१ मत ल्याई विजय हँुदा कांग्रेसका ढालबहादुर खपाङ्गी ७ सय २ मत ल्याई दोस्रो र एमाले उम्मेदवार लालबहादुर तामाङ ८६ मत प्राप्त गरि तेस्रो भएका थिए ।
वडा नम्बर ३ मा माओवादी केन्द्रका उम्मेदवार बाबुराम तामाङले ६ सय ६१ मत ल्याई विजयी हुँदा नेपाली कांग्रेसका हस्तबहादुर तामाङ ५ सय ७८ मत ल्याई दोस्रो र एमाले उम्मेदवार ललित कुमार लामा ३ सय ३७ मत ल्याई तेस्रो भएका थिए ।
यसैगरी यो पालिकाको वडा नम्बर ४ स्वतन्त्र ९माओवादी बागी० उम्मेदवार खड्गबहादुर घिसिङ १ हजार ३ सय ३१ मत ल्याई विजयी हुँँदा माओवादी केन्द्रका उम्मेदवार पदमबहादुर तामाङ १ हजार १ सय ६७, कांग्रेसका उम्मेदवार विवेक लामा ४७ मत र एमाले उम्मेदवार रामबाबु पाण्डेले २ सय २४ मत प्राप्त गरेका थिए ।




