Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँमा एकै दिन ४६७ सवारी चालकलाई कारबाही

१८ बैशाख , काठमाडौं । काठमाडौँ उपत्यकामा एकै दिन ४६७ सवारी चालक कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने ४६७ चालकलाई शनिबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

फुटपाथमा पार्किङ गर्ने ९२ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ७४ जना, मदिरा पिएर सवारी साधन चलाउने ६५ जना कारबाहीमा परेका छन् । तीव्र गतिमा सवारी साधन चलाउने ९० जना, ढोका खुल्लै राखेर सवारी चलाउने ४९ जना, क्षमताभन्दा बढी यात्रु राख्ने २२ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

अवस्था ठिक नभएको सवारी साधन चलाउने ३३ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ४२ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै