Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकामा चोर सक्रिय, लाजिम्पाटको सहकारी र ट्राभल्समा चोरी

५ पुष , काठमाडौं । काठमाडौं उपत्यकामा चोरीका घटना बढेका छन् । सोमबार तीन ठाउँमा चोरी भएका छन् । काठमाडौं महानगरपालिका–१५ बिजेश्वरी धिमिल्हो बस्ने बालकृष्ण मालीको घरबाट करिब ७ लाख ७८ हजार रुपैयाँ मूल्य बराबरको सुन र चाँदीका विभिन्न गहना सोमबार दिउँसो चोरी भएको छ । कोठाको ताला फुटाई सुन र चाँदीका चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्यवम्भूबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।

यसैगरी काठमाडौं, काठमाडौं महानगरपालिका–२ लाजिम्पाट उत्तरढोकास्थित सिभिक बहुउद्देश्यीय सहकारी संस्थाबाट ल्यापटप १ थान र नगद ५ हजार रूपैयाँ तथा सोही घरमा रहेको एबोभ टुर्स एण्ड ट्राभलबाट ल्यापटप ४ थान र राहदानी ४ थान सोमबार दिउँसो चोरी भएको छ । उक्त सहकारी र ट्राभलमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै