Comments Add Comment

Advertisment

SKIP THIS

मारिउपोलमा फसेका दर्जनौँ नागरिकको उद्धार

१९ बैशाख , काठमाडौं । युक्रेनको पूर्वी बन्दरगाह शहर मारिउपोलबाट दर्जनौँ नागरिकलाई उद्धार गरिएको छ । मारिउपोलस्थित एजोभस्तल उद्योग परिसरमा फसेकामध्ये केहीको उद्धार गरिएको बीबीसीले जनाएको छ ।

रुसले आफ्नो नियन्त्रणमा रहेको गाउँमा दर्जनौं सर्वसाधारण पुगेको बताएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिउपोलबाट सर्वसाधारणको एउटा ठूलो समूह जापोरिज्जियातर्फ लागेको बताएका छन् ।

‘करिब एक सय जनाको पहिलो समूह नियन्त्रित क्षेत्रतर्फ प्रस्थान गरिसकेको छ’ उनले ट्विट गरेका छन् । जापोरिज्जिया अझै पनि युक्रेनको नियन्त्रणमा रहेको बताइएको छ ।

उनले अगाडि भनेका छन्, ‘हामी उनीहरूलाई जापोरिज्जियामा भेट्नेछौँ । हाम्रो टोलीलाई धन्यवाद ! अब तिनीहरू कारखानाबाट अन्य नागरिकहरूलाई बाहिर निकाल्ने काममा छन् ।’

राष्ट्रसंघले शनिबार नागरिकहरूलाई बाहिर निकाल्न ‘सेफ प्यासेज अपरेसन’ सुरु भएको पुष्टि गरेको थियो । सो कार्यमा रेडक्रसको पनि संलग्न रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै