Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरमा घर फोडेर ४० लाख रुपैयाँ बराबरको धनमाल चोरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ

ललितपुरको सानेपास्थित एक घर फोडेर ४० लाख रुपैयाँ बराबरको धनमाल चोरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चोरीको सामान खरिद गर्नेसमेत रहेका छन् ।

प्रहरीले ललितपुर महानगरपालिका- २ का ३२ वर्षीय नारायण श्रेष्ठ र खोटाङको कापियागढी गाउँपालिका- २ स्थायी घर भई काठमाडौंको बानियाँटार बस्ने ३१ वर्षीय सौराज गजमेरलाई पक्राउ गरेको हो ।

श्रेष्ठले चोरी भएको सामान गजमेरलाई बिक्री गरेको प्रहरीको दावी छ । गरगहना, नगदसहित विभिन्न धनमाल श्रेष्ठले चोरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट चाँदीका बाला तथा सिक्काहरु ९५ तोला, सुनका गरगहनाहरु तीन तोला र २५ हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै