Comments Add Comment

Advertisment

SKIP THIS

टोखा नगरपालिका लागि एमालेका मेयर उम्मेदवार सहकारी ठगीका दोषी

२२ वैशाख, काठमाडौ । टोखा नगरपालिकाका लागि नेकपा एमालेबाट मेयरका उम्मेदवार प्रकाश अधिकारी सहकारी ठगीमा दोषी ठहर भएको पाइएको छ ।

उच्च अदालत पाटनले सहकारीको नाममा २ सय २ जनालाई ठगी गरेको अभियोगमा २०७५ फागुन १९ दोषी ठहर गरेको पाइएको हो ।

नाङ्लो दीप सेभिङ एन्ड क्रेडिट को अपरेटिभ प्रालीमार्फत निक्षेपकर्तालाई ठगी गरेको ठहर गर्दै उनलाई अदालतले एक महिना कैद र १८ लाख ३१ हजार ८ सय ८७ रुपैयाँ बुझाउन फैसला गरेको थियो ।

टोखाका निवर्तमान मेयरसमेत रहेका उनले उच्च अदालतको फैसलाको विरुद्धमा सर्वोच्च अदालतमा पुनरावेदन गएका छन् । उनको पुनरावेदन विचाराधिन छ ।

उनले उच्च अदालतले आफूलाई सहकारी ठगीमा दोषी ठहर गरको अनलाइन पोर्टल उकेरासँगको कुराकानीमा स्वीकार्दै त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन हालेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै