Comments Add Comment

Advertisment

SKIP THIS

बलिउड गायिका आस्था गिल नेपाल आउँदै : काठमाडौंमा कन्सर्ट

२२ वैशाख, काठमाडौ । बलिउड गायिका आस्था गिल नेपाल आउने भएकी छन् । उनी शनिबार काठमाडौंमा हुने ‘आस्था गिल लाइभ’ नामक कन्सर्टमा सहभागी हुन काठमाडौं आउन लागेकी हुन् ।

दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजना हुने ‘आस्था गिल लाइभ’ कार्यक्रममा उनले आफ्नो बउिडका हिट गीत ‘पानी पानी हो गई, तेरा बज, डिजेवाले बाबु, अभी तो पार्टी शुरु हुई है, नागिन दिन गिन गिन, कमरिया’ लगायतका दर्जन बढी हिट गीत प्रस्तुत गर्नेछिन् ।

युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा आयोजना हुन लागेको कार्यक्रमको उद्देश्य दर्शकलाई सांगीतिक मनोरन्जन दिने र नपोलमा कोरोना हटिसकेको सन्देश दिने रहेको आयोजन संस्थाका सानु खानले बताए । साधारण १ हजार र भीआइपीका लागि २ हजार टिकटे कार्यक्रमको राखिएका छ ।

फिल्म ‘फग्ली’ को पार्टी सङ ‘ढुप चिक’ बाट बलिउडको पाश्र्व गायनमा पाइला चालेकी आस्थाका ‘अभि तो पार्टी सुरु हुई है’, ‘डिजे वाला बाबु’, ‘बज’, ‘नागिन’, ‘ह्याप्पी ह्याप्पी’, ‘कमरिया’ लगायत थुप्रै गीत हिट छन् । ाउनी स्टण्ट बेस्ड रियालिटी शो ‘फियर फ्याक्टरः खतरों कि खेलाडी ११’ को प्रतिस्पर्धी पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै