Comments Add Comment

Advertisment

SKIP THIS

धनुषा पुगेर प्रचण्डले भने- ‘नागरिकताका समस्या समाधान गर्न पहल गर्छु’

२४ बैशाख , काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी विधेयक अघि बढाउने बताएका छन् ।

धनुषाको धल्केबरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा एमालेका कारण नागरिकतासम्बन्धी विधेयक संसदमा विचाराधीन रहेको बताए ।

अब संसद् सुरु भए लगत्तै अवरोध जारी नै रहे पनि नागरिकतासम्बन्धी सम्पूर्ण समस्या समाधान गरिने आश्वासन दिए । आफू प्रधानमन्त्री हुँदा संविधान संशोधनका लागि प्रयास गर्दासमेत एमालेले गर्न नदिएको आरोप लगाए ।

‘अहिलेको लडाइँ परिवर्तनविरोधी र परिवर्तनकारी शक्तिबीचको लडाइँ हो।’, उनले भने। एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघठन गरेपछि आफूहरु गठबन्धन गर्न बाध्य भएको प्रचण्डको भनाइ थियो ।

त्यसअघि उनले मिथिला विहारी नगरपालिकाको मिथिलेश्वरमा रहेको जनयुद्धका सहिद चन्देश्वर मण्डलको प्रतिमामा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै