Comments Add Comment

Advertisment

SKIP THIS

नेपालगञ्जमा सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद

२४ बैशाख , काठमाडौं । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका -१५ पिप्रहवास्थित सीमा ईलाकाबाट शुक्रबार सशस्त्र प्रहरीले करीब १ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको सशस्त्र प्रहरीले शुक्रबार करीब १ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरीले मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ रानी बसर्पाक ईलाकाबाट बरामद गरेको हो ।

बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै