Comments Add Comment

Advertisment

SKIP THIS

चितवनमा कांग्रेस कार्यकर्ताको हत्या , विरोध प्रदर्शन

२६ बैशाख , काठमाडौं । नेपाली कांग्रेसका अनिल परियारको हत्या भएको विषयलाई लिएर चितवनमा कांग्रेस निकट युवाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले पूर्व–पश्चिम राजमार्ग बन्द गराएर प्रदर्शन गराएका हुन् ।

उनीहरुले सत्ता गठबन्धनले चुनाव प्रचारप्रसारमा प्रयोग गरेको सवारी साधनसमेत तोडफोड गरेका छन् । आइतबार साँझ ७ः३० बजे भरतपुर-१२ निवासी अनिल परियारको भरतपुर-७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको थियो ।

घटना भएको यतिका समयसम्म पनि प्रशासनले दोषी पत्ता नलगाएको र पार्टी नेतृत्वले घटनालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउँदै मृतक परियार निकट युवाहरुले प्रदर्शन गरेका छन् ।

परियारको शव चितवन मेडिकल कलेजमा राखिएको छ । शव उठाउनसमेत उनीहरुले दिएका छैनन् । शवलाई भरतपुर अस्पतालमा लगेर पोष्टमार्टम गर्न प्रहरीले सकेको छैन । हत्या भएको स्थानमा प्रहरी ढिला पुगेको र उपचार गर्न समयमा नै नल्याउँदा परियारको मृत्यु भएको प्रदर्शनकारीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै