Comments Add Comment

Advertisment

SKIP THIS

महिलालाई गालीगलौज गरेको आरोपमा मेयरका उम्मेदवार पक्राउ

२९ वैशाख, काठमाडौं । बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार पक्राउ परेका छन् ।

झडप गराएको आरोपमा प्रहरीले मेयरका स्वतन्त्र उमेदवार उमाकान्त कँडेललाई नियन्त्रणमा लिएको हो । माओवादी केन्द्र निकट उनले महिला बसिरहेको स्थानमा गएर गालीगलौज गरेपछि झडप भएको स्थानीय राधा महतोले जानकारी दिइन् । घटना स्याउली चोकमा भएको हो ।

महतोका अनुसार उमाकान्तको टोलीले गालीगलौज गरेपछि झडप हुँदा एमाले पक्षका श्याम न्योपाने घाइते भएका छन् ।घाइते न्योपानेको अवस्था सामान्य छ। पक्राउ परेका उमाकान्तको बारेमा थप जाँचबुझ भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै