Comments Add Comment

Advertisment

SKIP THIS

सामान्य सोधपुछपछि छुटे बास्तोला

२९ वैशाख, काठमाडौं । दाङको भालुवाङबाट पक्राउ परेका नेकपा (बहुमत) पार्टीका संयोजक धर्मेन्द्र बास्तोला रिहा भएका छन्। बुटवलमा भएकाे बम विस्फाेटमा नेकपा बहुमत पार्टीकाे संलग्नताकाे आशङ्कामा प्रहरीले सोधपुछ पछि उनलाई छोडेको हो।

पोखराबाट कोहलपुर जाँदै गर्दा बिहीबार बिहान बास्तोलालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरी साेधपुछपश्चात् लिखित कागज गरेर छाेडेकाे प्रहरी स्रोतले जनाएको छ।

प्रहरीको सोधपुछमा बास्तोलाले आफ्नो पार्टीले स्थानीय चुनाव बिथोल्ने खालका क्रियाकलाप नगर्ने जानकारी गराएका छन्। बास्तोला पक्राउ परेपछि बुधबारै नेकपा (बहुमत) ले विज्ञप्ति जारी गर्दै तत्काल रिहा नगरी आन्दोलन गर्ने चेतावनी दिएको थियो।

विज्ञप्तिमा आफ्नो पार्टीको कुनै पनि विस्फोटनजन्य र सशस्त्र बहिष्कार गर्ने नीति नलिएको कुरा स्पष्ट गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै