Comments Add Comment

Advertisment

SKIP THIS

दिल्लीको एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु

३१ बेशाख , काठमाडौं । भारतको दिल्लीको मुन्डकामा एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ ।

दिल्लीका मुख्य अग्नि नियन्त्रक सुनील चौधरीका अनुसार हिजो बेलुका भएको आगलागीमा २७ जनाको शव भेटिएको र ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने भएको छ ।

आगलागीमा परि १२ जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । घाइतेहरुको दिल्लीको सञ्जय गान्धी र दिन दयाल अस्पतालमा उपचार भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीबाट ज्यान गुमाएकाका परिवारलाई प्रतिपरिवार दुई लाख र घाइतेलाई उपचारका लागि ५० हजार भारतीय रुपैयाँ प्रदान गर्ने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment