Comments Add Comment

Advertisment

SKIP THIS

सत्ताको चरम दुरुपयोगका बाबजुत एमालेका पक्षमा राम्रो जनादेश: महासचिव पोखरेल

०१ जेठ , काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान पाँच दलीय गठबन्धनले सत्ताको चरम दुरुपयोगका बाबजुत पनि एमालेको पक्षमा राम्रो जनादेश प्राप्त गरेको बताउनुभएको छ ।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको मतपरिणाम सार्वजनिक भइरहदाँ एमालेले हालसम्म पहिलो स्थान आगट्न सफल भएको छ भने कांग्रेसले एमालेलाई पच्छ्याउँदै छ । सोही प्रशंगलाई लक्षीत गर्दै महासचिव पोखरेलले सत्ता पक्षले निर्वाचनमा गरेको धाँदलीको विरोध गर्नु जनमतको अवज्ञान नभई रक्षा गर्नु भएको दावी गर्नुभयो । एमालेले आज विज्ञप्ती जारी गर्दै सत्ता पक्षले निर्वाचनमा गरेको धाँदलीलाई कडा शब्दमा आपत्ती जनाएको थियो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘सत्ताको चरम दुरुपयोगका वावजुत एमालेका पक्षमा राम्रो जनादेश प्रकट भएको छ । धाधलीको विरोध गर्नु जनमतको अवज्ञा होइन, रक्षा गर्नु हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै