Comments Add Comment

Advertisment

SKIP THIS

धनौजीमा २५ राउन्ड हवाई फायर, मत गणना स्थलमा सेना परिचालन

०२ जेठ , काठमाडौँ । धनुषाको धनौजीमा मतगणनाका क्रममा विवाद भएको छ । झडपको अवस्था भएपछि प्रहरीले २५ राउन्ड हवाई फायरसमेत गरेको छ ।

भिड तितरबितर पार्न प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको थियो । स्थिति नियन्त्रणमा नआएपछि केही बेरअघि सेना परिचालन गरिएको हो ।

अहिले सेनाले मत गणना स्थलमा सुरक्षा प्रदान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीप क्षेत्रीले झडप हुन थालेपछि प्रहरीले २५ राउन्ड हवाई फायर गरेको बताए ।

मतगणनाका क्रममा मत पेटिकामा कुल खसेको भन्दा बढी मत भेटिएपछि विवाद सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै