Comments Add Comment

Advertisment

SKIP THIS

निर्वाचन आयोगको निर्देशनमा मन्त्री झाँक्रीको गृह पालिकामा मतगणना स्थगित

०२ जेठ , काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृहपालिका गुल्मीको मदाने गाउँपालिकामा मतगणना स्थगित भएको छ।

मतपत्र बदरको विषयमा विवाद हुँदा मतगणना स्थगित भएको हो । सबै वडाको मतगणना सकिन लाग्दा अध्यक्ष र उपाध्यक्ष झिनो मतान्तरले मात्र विजयी हुने भएपछि विवाद भएको हो । गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका महेन्द्र कुँवरभन्दा एमालेका प्रेम केसी ९२ मतले पछाडि छन्।

मतदान गर्दा मतपत्रमा मसी बढी भएको मतपत्रलाई पनि मान्यता दिने सहमति भए पनि अन्तिम समयमा केही मतले मात्र हार हुने भएपछि नेकपा एमालेले पुन: गणनाको माग गरेको हो।

नेकपा एमालेका नेता गोकर्ण बिस्टको पहलमा निर्वाचन आयोगले फोन नै गरेर मतगणना रोक्न भनेपछि आयोगले चासो राखेको हो । मन्त्री झाँक्री भने एकीकृत समाजवादी पार्टीमा छिन् ।

वडा नम्बर २ र ५ वडामा एमालेले जितेको छ भने बाँकीमा गठबन्धनले जितेको छ । वडा नम्बर ७ को भने अन्तिम परिणाम आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै