Comments Add Comment

Advertisment

SKIP THIS

सांसदका छोरा पेस्तोलसहित पक्राउ

४ जेठ , काठमाडौँ । जिल्लास्थित एमाले पार्टीका निलम्बित सांसद मोहन बानियाँका कान्छा छोरालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार दिउँसो पेस्तोलसहित पक्राउ गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले खत्याड गाउँपालिका ७ माँझचौरमा अर्पण बानियाँ पेस्तोलसहित प्रहरीले पक्राउ गरेको बताए ।

पक्राउ परेका अर्पणलाई थप अनुसन्धानका लागि बुधबार जिल्ला सदरमुकाम ल्याइने उनको भनाई छ । खत्याड गाउँपालिकाको मतगणना माझचौरमा भइरहेको अवस्थामा प्रहरीले उनलाई पेस्तोलसहित फेला पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै