Comments Add Comment

Advertisment

SKIP THIS

जलवायु परिवर्तन र पानीमा हुने खेलका कारण समुद्री कछुवा जोखिममा

०४ जेठ , काठमाडौं । जलवायु परिवर्तन र पानीमा हुने खेलले समुद्री कछुवा जोखिममा परेको एउटा नयाँ अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ एक्सेटरले गरेको सो अध्ययनअनुसार दशौँ हजार समुद्री कछुवा हरेक वर्ष मरिरहेका छन् ।

अनुसन्धानको क्रममा वैज्ञानिकहरूले केन्या, सोमालिया, मोजाम्बिक, दक्षिण अफ्रिका र तान्जानियाको तटमा विगत ५७ वर्षदेखि समुद्री कछुवाहरूबारे समीक्षा गरेका थिए ।

अध्ययनका लेखक तथा एक्सेटरको पेनरिन क्याम्पसमा इकोलोजी तथा संरक्षण केन्द्रका पीएचडी विद्यार्थी क्यास्पर भ्यान डे गिरले अफ्रिकी पूर्वी तटमा कछुवाहरूले अण्डादेखि वयस्कसम्म धेरै खतरा सामना गरेका बताएको अर्थ डट कमले जनाएको छ ।

‘हाम्रो उद्देश्य यी कछुवाहरूको बारेमा अहिले जानकारीमा आएका सबै कुरालाई एकै ठाउँमा ल्याउने र यो द्रुत रूपमा विकास भइरहेको क्षेत्रमा तिनीहरूलाई अझ राम्रोसँग सुरक्षा गर्ने अवसरहरू पहिचान गर्नु थियो’ उनले भने ।

अध्ययन इन्डेन्जर्ड स्पाइसेज रिसर्चमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै