Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्रका डीआईजी गौतम एआईजीमा बढुवा सिफारिस

१० जेठ , काठमाडौं । सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतम अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई रिक्त एआईजी पदमा सिफारिस गरेको हो । उनीविरुद्ध उजुरी दिनका लागि एक साताको समय छ।

त्यसपछि सरकारले उनलाई एआईजीमा बढुवा तथा पदस्थापन गर्नेछ । गौतमले ३ वैशाख २०५२ मा नेपाली सेनाको अधिकृतको रुपमा सेवा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै