Comments Add Comment

Advertisment

SKIP THIS

श्रीमतीको हत्या गरेर भागेका श्रीमानलाई मोरङ प्रहरीले पक्राउ

मोरङको जहदा गाउँपालिका–२ स्थित बडकी बैरियामा श्रीमतीको हत्या गरेर भागेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जेठ ६ मा ३५ वर्षीया गीता देवी राजभरको हत्या भएको थियो ।

हत्या आरोपमा उनकै श्रीमान ४३ वर्षीय दिनेश कुमार राजभरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले न्युज24ग्यालेक्सीलाई  बताए । घरायसी विवादमा दिनेशले फलामको रडले टाउको र कम्मरमा हिर्काएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

आरोपीलाई जेठ १० मा पक्राउ गरेर अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै