Comments Add Comment

Advertisment

SKIP THIS

बालेनको उदयले राजनीतिक दललाई दिएको ‘थ्रेट’

१२ जेठ , काठमाडौं । बालेनको नामले परिचित बालेन्द्र शाहको परिचयमा ‘काठमाडौँ महानगरपालिकाको मेयर’ थपिदैछ । स्ट्रक्चरल इन्जिनियर र र्‍यापरका रुपमा पहिचान बनाएका बालेनलाई महानगरवासीले आउँदो पाँच वर्षको लागि ‘टेस्ट’ गर्दैछन् ।

काठमाडौँ जस्तो ठुलो महानगरपालिकामा बालेनले पाएको मत अहिले चर्चाको विषय बनेको छ । उनले काठमाडौँमा बलियो पकड भएको नेकपा एमालेका उम्मेदवार र सत्ता गठबन्धनका साथ काठमाडौँको मेयर पदमा उठेको नेपाली कांग्रेसकी उम्मेदवारलाई भारी मत अन्तरले पछाडि पारेका छन्।

यसैले गर्दा पनि उनको चर्चा हुनु स्वाभाविक हो । बिना संगठन आफ्नो विचार प्रस्तुत गर्दै महानगरवासीको मन जितेका बालेन आफ्नो उम्मेदवारी केही समय अगाडि नै दिएका थिए । यद्यपि उनको घोषणालाई स्थानीय निर्वाचन हुने टुङ्गो लागेपछि मात्र गम्भीरतापूर्वक लिइयो । राजनीतिक दलले आफ्नो संगठन छ भनेर मनलाग्दी उम्मेदवार बनाउँदाको परिणामनै हो बालेनको उदय ।

उनले आफ्नो कुरालाई महानगरवासी समक्ष पुर्‍याए । विदेशमा देखिने सामान्य भइसकेको विकासलाई यहाँ गर्न सकिन्छ भनेर भनेनन् मात्र तरिका पनि सुनाए । फलतः काठमाडौँ महानगरवासीले उनलाई मत दिए । बालेनले मत ल्याउने विश्वास धेरैलाई थिएन । यहा एमाले र सत्ता गठबन्धनको लडाइ हुने धेरैको अनुमान थियो । यद्यपि बालेनले उनीहरूको लडाइ पहिलो नभई दोस्रो हुनलाई रहेको प्रमाणित गरे । बालेनलाई हल्काफूलका रुपमा हेरिरहेका दल उनको मतलाई हेरेर आश्चर्य छन् । किनकी उनले झिनो मतान्तरले नभई फराकिलो मतन्तरतका साथ निर्वाचित हुँदैछन् । यो मत परिणामले काठमाडौँ महानगरवासीको इच्छालाई दल समक्ष राखेको मात्र छैन । आउँदो संघीय र प्रदेश सभाको निर्वाचनमा बालेन जस्ता धेरै उदाउँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै