Comments Add Comment

Advertisment

SKIP THIS

बालेनलाई बधाई दिउँ, बदलौँ आफूलाई : विश्वप्रकाश शर्मा

१३ जेठ , काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहलाई सघाउनु सबैको कर्तव्य भएको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत साहलाई बधाई दिँदै महामन्त्री थापाले जनताको काममा जनप्रतिनिधिलाई सबै सघाउनुपर्ने उनले बताएका छन् ।

शर्माले ट्वीट गर्दै उनले भनेका छन, ‘जनताको काममा जननिर्वाचित मेयरलाई सघाउनु हामी सबैको कर्तव्य हो । मतदाताले जिताइसकेपछि बालेन एक्लै हुन् या एक्लै छन् भन्ने नसोचौँ ।’

साहलाई जिताएर मतदाताले आफूहरूलाई बदलिन सन्देश दिएको पनि उनले बताए । महामन्त्री शर्माले भने ‘बालेनलाई बधाई दिउँ, बदलौँ आफूलाई । बालेनलाई जिताएर काठमाडौंका सचेत मतदाताले हामीलाई बदलिन सन्देश दिएका छन् ।’

बालेनको जितमा कांग्रेसको पराजय मात्र नभएर जनताले आशा देखेको पनि शर्माको भनाइ छ । उनले भनेका छन्, ‘बालेनको विजय हाम्रो पराजय मात्र होइन उनीप्रति आशा र विश्वासको जित पनि हो,’ उनले भने, ‘लोकतन्त्रमा जनता जनार्दनको फैसला सर आँखो पर ।’

काठमाडौंका सचेत मतदाताले दिएको सन्देश गहन रूपले आत्मसाथ गरिनुपर्ने पनि बताउँदै शर्माले भनेका छन्– ‘बदलिएको समयअनुसार आफूलाई बदल्नु हामी राजनीतिक दल, नेतृत्व, व्यक्ति, प्रवृत्ति र पद्धति सबैको जिम्मेवारी हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै