Comments Add Comment

Advertisment

SKIP THIS

तारा एयरको विमान दुर्घटना : शवहरुकाे ज्यान टुक्रा टुक्रा अवस्थामा फेला

पोखरादेखि मुस्ताङको जोमसोम उडान भरेको तारा एयरको ट्वीन ९ एनएईटी विमान टुक्रा टुक्रा अवस्था परेको छ । मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन । स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ ।

उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन,’ उनले भने, ‘यहाँको अवस्था भयावह छ । म हेरेर बसिरहेको छु ।’

उनी राती नै त्यसतर्फ गएका हुन् । जहाजमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै