Comments Add Comment

Advertisment

SKIP THIS

‘सिल्ली फो’ सँग केकीको ठुम्का (भिडियो)

१६ जेठ , काठमाडौं । राजबहादुर साने निर्देशित फिल्म ‘सिल्ली फो’ को ‘ए दिल तँ बोल बोल’ रहेको गीत सार्वजनिक गरिएको छ । लोकगायक पुरुषोत्तम न्यौपानेको संगीत तथा दिनेश सुवेदीको शब्द रहेको गीतमा रचना रिमाल र संगीतकार न्यौपानेकै स्वर छ । गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी, धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मीलगायतको नृत्य देख्न सकिन्छ ।

३१ असारबाट प्रदर्शनमा आउँने फिल्ममा केकी, धिरेन शाक्य, रविन्द्रको अलावा राजाराम पौडेल, दिनेश रेग्मी, भूगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पूर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट (सागर), सौजन बोहोरा, जयमान विश्वकर्माको अभिनय छ ।

मनोज डिके निर्माता रहेको फिल्मका विशाल श्रेष्ठ सह–निर्माता हुन् । फिल्ममा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’ को सम्पादन छ । फिल्मको वितरक श्रीराम बालाजी फिल्मस्ले गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै