Comments Add Comment

Advertisment

SKIP THIS

सामान कुरियर गर्न लगाई अनलाइन मार्फत ठगी : ४ जना पक्राउ

१७ जेठ , काठमाडौं । सामान कुरियर गर्न लगाई अनलाइन मार्फत ठगी गरेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दाङ घोराही उपमहानगरपालिका-१५ ठेगाना भएका ५५ वर्षीय राज भन्ने मीन बहादुर थापा, भारत हैदराबाद रङरिडी मन्द्रुनगर ठेगाना भएका ३३ वर्षीय फेनि कुमार जेट्टी, २४ वर्षीय हेमन्त भुद्दगिरी र ३२ वर्षीय भाष्कर नायक रहेका छन् ।

ल्यापटप, मोबाइल, क्यामेरा जस्ता सामाग्रीहरु बिक्री गर्नको लागि सामाजिक सञ्जाल हाम्रो बजार डटकममा विज्ञापन राखेका थिए । उक्त सामान किन्नको लागि उक्त पेजमा क्रिस्टोफर पिलग्रिम नाम बताउने व्यक्तिले आफू युएसएमा छु, नेपालमा रहेको मेरो साथीलाई ल्यापटप गिफ्ट दिनु पर्नेछ, तपाईंलाई कुरियर गरेको चार्ज एक्ट्रा ५ हजार दिन्छु भनी म्यासेज गरेका थिए ।

त्यसपछि पीडितको बैंक खाता नम्बर समेत लिई ल्यापटपको भुक्तानी र कुरियर चार्ज समेत बैंक खातामा पठाएको छु भनेर विश्वासमा पारी विक्रम थापाको नाममा रुपन्देहीको भैरहवामा उक्त ल्यापटप कुरियर गर्न लगाई ट्याक्स तिर्न तथा स्विपकोड लिनको लागि समेत लगाएका थिए । मीन बहादुर थापाको नामको एनआईसी एसिया बैंकको खातामा ७० हजार पठाउन लगाई उनीहरूले ठगी गरेको खुल्न आएको प्रहरीको भनाइ छ ।

उक्त कार्यमा संलग्न उनीहरूलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीसँगको समन्वय काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट भारतीय १ लाख ६५ हजार रुपैयाँ, क्यामेरा १ थान, विभिन्न कम्पनीका ल्यापटप ३ थान, विभिन्न कम्पनीका मोबाइल ९ थान, स्मार्ट वाच १ थान, गितार १ थान र बुद्धको मूर्ति १ थान प्रहरीले बरामद गरेको छ । उनीलाई उपर ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै