Comments Add Comment

Advertisment

SKIP THIS

रोल्पामा चोरीको अभियोगमा दाङका एक किशोर पक्राउ

१९ जेठ , काठमाडौं । चोरीमा संलग्न रहेको अभियोगमा दाङ घोराही उपमहानगरपालिका-१२ हापुर बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रुन्टिगढी गाउँपालिका-५ हापखोलास्थित विवाहमा आएका ती किशोरले सोही विवाहमा आएकी एक महिलाको घाँटीमा लाएको तिलहरी चुडाई लिएको र दुलहाले चार्जमा राखेको रेडमी कम्पनीको मोबाइल समेत लिई भागेको भन्ने खबर प्राप्त हुनासाथ उनको खोजी गर्ने क्रममा प्रहरी चौकी दुईखोली दाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै सोधपुछको लागि ती किशोरको मामालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment